मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्मेनिया–अजरबैजान शान्ति सम्झौता ‘सकारात्मक’ रहेको रुसको प्रतिक्रिया

अर्मेनिया–अजरबैजान शान्ति सम्झौता ‘सकारात्मक’ रहेको रुसको प्रतिक्रिया

न्यूजस्टोरी

रुसले अर्मेनिया र अजरबैजानबीच भएको ऐतिहासिक शान्ति सम्झौताको मस्यौदा ‘सकारात्मक’ रहेको भन्दै यसले दक्षिण ककेसस क्षेत्रमा स्थायित्व ल्याउने विश्वास व्यक्त गरेको छ । रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अमेरिकी मध्यस्थतामा वाशिङ्टनमा सम्पन्न बैठकलाई सकारात्मक मूल्याङ्कन गर्दै यसले शान्ति प्रक्रियालाई अगाडि बढाउने अपेक्षा व्यक्त गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

यता, इरानले शान्ति सम्झौता अन्तर्गत अजरबैजानलाई नखचिभानसँग जोड्ने, इरानी सीमा नजिक निर्माण हुने भनिएको ‘अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका लागि ट्रम्प मार्ग’ कोरिडोरलाई आफ्नो सीमा सुरक्षाका लागि खतरा हुने दाबी गरेको छ ।

इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकार अली अकबर वेलायतीले यसलाई ‘असम्भव धारणा’ भन्दै कार्यान्वयन भएमा दक्षिण ककेससको सुरक्षा खतरामा पर्ने चेतावनी दिनुभयो । दशकौँ पुरानो विवादपछि अमेरिकी मध्यस्थतामा भएको यो सम्झौतामा हस्ताक्षरलाई नेटोले ‘महत्त्वपूर्ण कदम’ भन्दै स्वागत गरेको छ । गठबन्धनका प्रवक्ता एलिसन हार्टले शान्तितर्फको प्रगतिको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिनुभयो ।