सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घले माग गरेको छ ।
राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सिरियाको दक्षिणी शहर स्वेइदामा पछिल्ला दिनमा भएको हिंसात्मक झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे स्वतन्त्र र पारदर्शीरुपमा छानबिनको माग गर्नुभएको छ ।
विभिन्न समूहबीच गएको आइतवारयता भएका झडपमा झन्डै ६ सय जनाको ज्यान गएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ९एसओएचआर० ले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झडपमा द्रुज समुदायका लडाकू, सुन्नी बेदुइन जातीय समूह, सरकारी फौज र उनीहरूका समर्थक संलग्न छन् ।
राष्ट्रसङ्घका मानवअधिकार प्रमुख टुर्कले गैरन्यायिक हत्या, अपहरण, लुटपाट, निजी सम्पत्तिमा क्षति पुर्याउने जस्ता काम भइरहेको बताउनुभयो ।
उहाँले राज्यका सुरक्षा संयन्त्रले डर फैलाउने नभई नागरिकको सुरक्षा गर्नुपर्ने र कारबाहीहरु तत्काल रोक्नुपर्नेमा जोड दिनुभएको छ ।


प्रतिक्रिया