काठमाडौं, १२ असार । दक्षिण अफ्रिकाले जिम्बावे र न्युजिल्यान्डसँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि टोली घोषणा गरेको छ । दक्षिण अफ्रिकाले ४ जना अनक्याप खेलाडीसहित रसी भान डेर डुसेनको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । नियमित कप्तान एडन मार्करमको अनुपस्थितिमा ५० वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका डुसेनले टोलीको नेतृत्व गर्ने भएका हुन्…