काठमाडौं, १५ असार । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा आज नेपालले लाओससँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा लाओस एक सय…