क्लब विश्वकपको समूह ‘एफ’ अन्तर्गत मेटलाइफ स्टेडियम (न्युयोर्क नजिकैको ईस्ट रदरफोर्ड) मा बुधबार बिहान भएको खेलमा बोरुसिया डर्टमुन्ड र ब्राजिलको फ्लुमिनेन्सेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। कोपा लिबरटाडोरेस २०२३ की विजेता फ्लुमिनेन्से खेलभरि नै बढी आक्रमणमा देखियो। पहिलो हाफमा जोन एरियासको प्रहारलाई डर्टमुन्डका गोलकिपर ग्रेगोर कोबेलले पोस्ट बाहिर पठाए। त्यसपछि मथेउस मार्टिनेलीको प्रहार थोरैले बाहिरियो।…