काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो। आजको खेलमा हार बेहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ। काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका…