भारत । भारतका संसदीय मामिला मन्त्री किरण रिजिजुले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी रहेको बताएका छन्। बिहीबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा बसेको सर्वदलीय बैठकपछि मन्त्री रिजिजुले अपरेसन सिन्दूर निरन्तर चलिरहने अपरेसन भएको प्रतिक्रिया दिएका हुन्। बैठक सकेर बाहिरिएपछि मन्त्री रिजिजुले भनेका छन्, ‘अपरेसन सिन्दूर एक निरन्तर अपरेसन हो।’ उनले रक्षामन्त्री सिंहको अध्यक्षतामा भएको…