काठमाडौं, १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधन स्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभा बैठकलाई आज आइतवार बालुवाटारमा सम्बोधन गर्दै उहाँले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत…