मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुक्लाका लागि काठमाण्डौबाट उडेको तारा एअरको जहाजको झ्याल खस्यो

लुक्लाका लागि काठमाण्डौबाट उडेको तारा एअरको जहाजको झ्याल खस्यो

न्यूजस्टोरी

सोलुखुम्बु २४ मंसिर । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्यालको सिसा खसेको छ । आज आइतवार काठमाण्डौबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कलसाइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाट जमिनमा खसेको हो ।

जहाज पूरै कार्गो सामानले भरिएकाले भित्रबाट सामानको चापले सिसा निस्किएको हुन सक्ने तारा एअर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएको जहाजमा चालक दलका ३ सदस्यमात्रै रहेका थिए । सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन सकेको छैन ।

जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको र मर्मतपछि केही दिनमा काठमाण्डौ फर्किने तारा एअरले जनाएको छ ।