काभ्रे, कातिक १७ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर–४ स्थित समाज कल्याणचोकमा एक घरमा आगलागी भएको छ । शुक्रबार बिहान ६स्१५ बजेतिर स्थानीय उद्धवप्रसाद तिमल्सिनाको घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी…