मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभा सदस्यको चुनावका लागि माओवादीका ६ उम्मेदवारको टुङ्गो

राष्ट्रिय सभा सदस्यको चुनावका लागि माओवादीका ६ उम्मेदवारको टुङ्गो

न्यूजस्टोरी

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्यको चुनावका लागि छ जना उम्मेदवारको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बाग्मती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सत्तारूढ गठबन्धनको आज बसेको बैठकले संयुक्तरूपमा उम्मेदवार उठाउने निर्णय गर्दैै सिट बाँडफाँट गरेको थियो । त्यही बाँडफाँटमा माओवादी केन्द्रको भागमा छ वटा सिट परेको थियो । सत्ता गठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो ।

राष्ट्रिय सभा सदस्यका लागि भोलि सोमवार मनोनयन हुँदैछ । आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त सदस्यका लागि चुनाव हुँदैछ ।