काठमाडौं, २१ फागुन । नयाँ गठबन्धनमा राप्रपा नसमेटिने भएको छ । कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने भएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरुलाई बताएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका…