मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आक्रमणको तयारी गर्दै इजरायल

आक्रमणको तयारी गर्दै इजरायल

न्यूजस्टोरी

इजरायल, चैत ८ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको दक्षिणी शहर रफाहमा आक्रमणको तयारी भइरहेको बताउनुभएको छ । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने बताउनु भयो ।

प्रधानमन्त्रीले रफाहबाट नागरिक आबादी हटाउने योजनालाई अनुमोदन गर्ने बताउनु भयो । रफाहमा लगभग १.५ मिलियन बिस्थापित प्यालेस्टिनीहरूले शरण लिएका छन् । गत हप्ता नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गर्नुभएको थियो ।