बागलुङ, २८ फागुन । सुक्खा पहिरो खसेर अस्ति शनिवार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी सडक खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्शनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बाग्लुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भीरमा पहिरो खसेको थियो । सडक…