मस्को, ११ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने बताउनु भएको छ ।
उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन भाग्न प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरेको बताएको छ । शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मभेसी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस कन्सर्ट स्थलमा आक्रमणः
जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, “इस्लामसँग लड्ने मुलुकहरूसँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउनटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो।”
प्रतिक्रिया