मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकको अवस्था परिवर्तन गर्न देशकै ब्यवस्था परिवर्तन आवश्यक छ : लिङदेन

मुलुकको अवस्था परिवर्तन गर्न देशकै ब्यवस्था परिवर्तन आवश्यक छ : लिङदेन

न्यूजस्टोरी

शेखर छतकुली
पर्सा, ७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्था नै परिवर्तन गर्नु पर्ने आवश्यकता औल्यानुभएको भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले अवस्था परिवर्तनका लागि देशको व्यवस्था नै परिवर्तन गर्नु पर्ने बताउनु भएको हो । अध्यक्ष लिङ्देनले जनताले निर्वाचित गर्ने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको अवस्थामा मुलुकले आर्थिक भार थेग्न नसकेका कारण प्रदेश खारेज गर्नु पर्ने आवश्यकता रहेको समेत बताउनु भयो । अध्यक्ष लिङ्देनले मधेसको सुन्ने आफुले भन्ने कार्यक्रम अन्तर्गत आफ्नो पार्टी मधेस प्रदेशको आठै जिल्लामा कार्यक्रम लिएर आएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजा सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग समेत आफ्नो पार्टीको रहेको बताउनु भयो । उहाँले अदालतमा होस वा अन्य सबैधानिक अंगमा होस दलिय भाग भन्डाको आधारमा दलका कारिन्दाहरु लगेर राख्ने ब्यवस्था भए सम्म यो व्यवस्थामा कुनै परिवर्तन कल्पना गर्न नसकिने बताउनुभयो । आँफुहरुको माग सम्वोधन नभएसम्म राप्रपाले शान्ति पुर्ण मधेश लगायत देशभरमा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।