मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा चारवटा गाडी ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

चितवन, १४ जेठ । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।…