काठमाडौँ । सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । शनिबार बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएपछि शीर्ष नेताहरुको बैठक आज फेरि बस्ने भएको हो । हिजो नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो…