काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले सिंगापुर भ्रमण नजाने निर्णय गरेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्ले मेयर बालेनलाई सिंगापुर भ्रमण जान दिने निर्णय गरे पनि मेयरले भने भ्रमणमा नजाने निर्णय गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेवले जानकारी दिए। उनका अनुसार सिंगापुरमा जेठ २०-२२ गतेसम्म हुने नवौं वर्ल्ड सिटी समिटमा भाग लिन मन्त्रिपरिषद्को स्वीकृति माग गरिएको थियो। ‘एक हप्ताअघि नै कार्यव्यस्तताका कारण नजाने निर्णय…