मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटमा नयाँ कुरा भेटिएन, छलफलका बेला म त निदाएछु – सांसद केसी

बजेटमा नयाँ कुरा भेटिएन, छलफलका बेला म त निदाएछु – सांसद केसी

न्यूजस्टोरी

काठमाडौं । सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेस गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए । 

उनले भने, ‘यहाँ जति नै उफ्रिए पनि सत्ता पक्षले पेस गरेको बजेट एक सुका एक आना जति भने पनि तलमाथि गर्न नपाई, यहाँ जे आएको छ, त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि  छलफलको पनि औचित्य छ जस्तो मलाई लाग्न छोड्यो ।’ यसको साथै, संसद दिक्क लाग्दो बन्दै गएको भन्दै बजेटमा समाजवाद उन्मुख दिशा कुनै कार्यक्रम प्रस्तुत नगरिएको गुनासो पनि गरेका छन् । 

उनले भने, ‘म त यो छलफलको कुरा सुन्दा निदाएछु पनि एकछिन, यस्तो पो भयो । रमाइलो छैन संसद, दिक्कलाग्दो छ । त्यसकारण यहाँ कुराहरु धेरै आए, नेपालको संविधानमा व्यवस्था गरेबमोजिम समाजवादउन्मुख शासन व्यवस्था निर्माणको लागि बजेटमा त्यससम्बन्धी ठोस कार्यक्रमको व्यवस्था गर्नुपर्ने थियो । तर, प्रस्तुत बजेटमा समाजवादउन्मुख दिशा कुनै कार्यक्रम प्रस्तुत गरिएको छैन ।’