काठमाडौं,२२ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गएको जेठ २५ गते मुख्यमन्त्रीको शपथ लिनुभएका जनमत पार्टीका सिंहले आज प्रदेश सभामा विश्वासको मत लिनुभएको हो । प्रदेश सभामा उपस्थित एक सय एक जना सांसदमध्ये मुख्यमन्त्री सिंहको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ । एक…