मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गर्ने ११ जनालाई मुद्दा चलाइँदै

जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गर्ने ११ जनालाई मुद्दा चलाइँदै

न्यूजस्टोरी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जयन्दु बाल सुधार गृहमा झडपको नेतृत्व गरेको आरोपमा प्रहरीले ११ जनालाई मुद्दा चलाउने तयारी गरेको छ।

सोमबार सुधार गृहमा झडप सुरु भएपछि ६५ जना बालबालिका त्यहाँबाट निस्केर भागेका थिए । उनीहरूमध्ये दुईजना अझै सम्पर्कविहीन छन् । झडपमा संलग्न ११ जनालाई कानुन अनुसार कारबाही अघि बढाउन लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

डुडुवा गाउँपालिका स्थित रिहमुनियामा संचालित सुधार गृहमा यसअघि पनि झडप भएको थियो । हराएका दुईजनाको खोजी भइरहेको प्रजीअ रिजालले जानकारी दिए ।