काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राख्दै परेको मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भएको हो । सुनुवाइ सकिएसँगै मुद्दाको फैसला आजै साँझसम्म सुनाउने तयारी गरिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । ुसुनुवाइ सकियो, अब…