मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५९ वर्षीया महिला बलात्कृत, ३६ वर्षीय पुरुष पक्राउ

५९ वर्षीया महिला बलात्कृत, ३६ वर्षीय पुरुष पक्राउ

न्यूजस्टोरी

कपिलवस्तु । कपिलवस्तुमा ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

शिवराज नगरपालिका-३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएको छ।

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।