काठमडौँ । माइतीघरमा धर्ना बस्दै आएकी सहारा कुमारी शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिएको भन्दै उनले आज मध्यान्ह माइतीघरमै आत्महत्याको प्रयास गरेको बताइन्छ । उनले धर्नास्थल नजिकैको किम्बुको रुखमा चढेर पासो लगाउन खोजेपछि प्रहरीले भुईंमा झारेको थियो । त्यहाँबाट हिँडेकी उनले बिजुली बजार नजिकैको धोबी खोला करिडोरमा रहेको पिपलको रुखमा…