मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुसको बट्टामा लुकाएर झण्डै ४ करोडको कोकिन ल्याउने र किन्ने पक्राउ

जुसको बट्टामा लुकाएर झण्डै ४ करोडको कोकिन ल्याउने र किन्ने पक्राउ

न्यूजस्टोरी

काठमाडौं । १ किलो १०० ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् । उनीहरुलाई बिहीबार लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरी सार्वजनिक गरेको हो ।

अन्सारीलाई असार १ गते काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागुऔषध कोकिनका ६२ वटा क्यासुल लुकाउ छिपाउ गरी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथबाट १ केजी १०० ग्राम बराबरको कोकिन बरामद गरिएको थियो ।

अन्सारीले काठमाण्डौं-९ पिङगलास्थान स्थित एक होटलमा बसिरहेका नाईजेरियन नागरिक ओबोडोइफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । असार १ गते कतार एयरलाइन्सबाट नेपाल आएका ओबोडोइफुलाले कतारको दोहाबाट ज्याकेटभित्र लुकाउ छिपाइ कोकिन ल्याएको पाइएको प्रहरीले जनाएको छ । बरामद कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।