काठमडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन्। सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले साउनको पहिलो हप्ता विश्वासको मत लिने निर्णय गरेको बताएका हुन्। संघमा एमाले–कांग्रेस नेतृत्वको सरकार गठन भएपछि मुख्यमन्त्री जम्मकट्टेलले सोमबार (आज) एकीकृत समाजवादी बागमतीका संसदीय…