मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागिरी केबलकारमा फसेका यात्रुको सकुशल उद्धार

चन्द्रागिरी केबलकारमा फसेका यात्रुको सकुशल उद्धार

न्यूजस्टोरी

काठमाडौं । प्राविधिक समस्याका कारण चन्द्रागिरी केबलकारमा अड्किएका यात्रुको उद्धार गरिएको छ ।

बुधबार दिउँसो साढे १ बजे प्राविधिक समस्याका कारण बीचमै रोकिएको केबलकार पुनस् सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । जेनेरेटर चलाउन नसकिएपछि केबलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झारेर उद्धार गरिएको हो ।

८ जना यात्रुलाई टावर नजिकैबाट ओरालिएको थियो। अन्यलाई भने केबलकार सञ्चालन भएसँगै सकुशल उद्धार गरिएको छ । प्राविधिक समस्याका कारण केबलकार रोकिएपछि डिब्बामा ५०/६० जना यात्रुहरू फसेका थिए ।