काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको मनसुनले यति धेरै क्षति पुर्याउँछ भन्ने आँकलन नै गर्न नसकिएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले क्षतिको पूर्वानुमान नै गर्न नसकिएको बताए। ‘यो अचानक आइपर्यो। हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन। यस प्रकारको पानी पर्ला, यस्तो पहिरो जाला र क्षति होला…