मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नख्खु बाढीमा हामफालेर दुई जनाको ज्यान बचाउने चनिकलाललाई दैनिकजसो सम्मान

नख्खु बाढीमा हामफालेर दुई जनाको ज्यान बचाउने चनिकलाललाई दैनिकजसो सम्मान

न्यूजस्टोरी

काठमाडौं, १७ असोज । गएको असोज १२ गते ललितपुरको नख्खु खोलाको बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर निकै चर्चामा आइरहँदा उहाँलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।

हिजो ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्‍यो। सम्मान कार्यक्रममा उहाँले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताउनुभयो । खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उहाँको भनाइ छ ।

उहाँले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्त्व थाहा पाएको बताउनुभयो । ललितपुर महानगरले चनिकलाललाई नगद एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ ।