मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रात्रिकालीन उडान हुने विमानस्थ बिहान साढे ४ बजे नै खुला

रात्रिकालीन उडान हुने विमानस्थ बिहान साढे ४ बजे नै खुला

न्यूजस्टोरी

काठमाडौं, १७ असोज । रात्रिकालीन उडान हुने सबै विमानस्थलहरू आज बिहान साढे ४ बजेदेखि नै खुल्न थालेका छन् ।

बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाण्डौसहित मुख्य सुगम विमानस्थहरु बिहानैदेखि खुलेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको । यो नियम आज घटस्थापनादेखि आउँदो कोजाग्रत पूर्णिमासम्म लागू हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौ, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा रातको समयमा पनि उडान गर्न सकिन्छ । बाढीपहिरोले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढेको छ ।