मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने मौसमविद्को भनाइ

पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने मौसमविद्को भनाइ

न्यूजस्टोरी

काठमाडौं, १७ असोज । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । आज र भोलि पनि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो घनघोर र अविरल वर्षाको सम्भावना नभएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एकैठाउँमा लगातार पानी पर्ने सम्भावना छैन ।

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पर्सिदेखि भने मौसममा सुधार हुने मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

हिजो कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएकोमा रातिदेखि कोशीसहित बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको र कोशी प्रदेशको तराई भेगका केही ठाउँमा हुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।