काठमाडौं । चिनियाँ सहयोग परियोजना बीआरआईबारे निर्णय लिन सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरु जुटेका हुन् । बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा…