काठमाण्डौ । आज देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो सबै प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशसहित अरु प्रदेशको तराई क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली…