मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वको प्रदूषित सरहको तेस्रो नम्बरमा काठमाडौं, देशका सात सहर अझैँ अस्वस्थकर

विश्वको प्रदूषित सरहको तेस्रो नम्बरमा काठमाडौं, देशका सात सहर अझैँ अस्वस्थकर

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं विश्वका प्रदूषित सरहको तेस्रो नम्बरमा परेका छ । पछिल्लो एक साता लगातार सर्वाधिक प्रदूषित रहेको काठमाडौं मंगलबार दोस्रो नम्बरमा सूचीकृत भएको थियो । बुधबार तेस्रो नम्बरमा छ ।

वायुको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार, बुधबार बिहान ११ : ३० बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको तेस्रो स्थानमा छ । उक्त समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७४ छ । यो सूचीको पहिलो स्थानमा रहेको भारतको दिल्लीको एक्यूआई १७९ र दोस्रोमा रहेको पाकिस्तानको लाहोरको १७६ छ । यी बाहेक अन्य सहरको एक्यूआई १७० भन्दा कम छ ।

वातावरण विभागका अनुसार सो समयमा देशका सात स्थान अस्वस्थकर छन् । उपत्यकाका शंखपार्क, रत्नपार्क, भैँसेपाटी र खुमटार तथा उपत्यका बाहिर इलाम, भरतपुर र रारा अस्वस्थकर छन् । ती स्थानको एक्यूआई १५२ देखि १८९ सम्म मापन भएको विभागको तथ्यांक छ ।

एक्यूआई १०१ देखि १५०को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

२०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।