काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंको गेटमा फोहोर थुपारेपछि सडक त्यसको वादप्रतिवादमा उत्रिएको छ। महानगरले अगाडि बढाएको काममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ‘ठाडो आदेश’मा काम रोकिएको भन्दै शनिबार साँझ महानगरले त्यहाँ एक ट्रक फोहोर पठाएको थियो। महानगर प्रमुख बालेन्द्र शाह९बालेन०को निर्देशनमा भएको उक्त कदम ‘अराजक’ भएकोसमेत सडक डिभिजन काठमाडौंले…