दाङ । स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमामा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन्। आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दी कार्यक्रममा उत्रिएका हुन्। सरकारले पटकपटक आफूहरूसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाकारण दवावस्वरूप तालाबन्दी गर्नु परेको गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए। तालाबन्दी भएका मालपोत र नापी दुवै…