काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफ्नो पार्टी राजनीतिको महत्त्वपूर्ण घटक भएको र सबै नेतासँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनुभयो। उहाँले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क…