काठमाडौं, १४ जेठ । काठमाण्डौ उपत्यकालगायत देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘रेमल’को अप्रत्यक्ष प्रभावका कारण बाग्मती र गण्डकी प्रदेशमा थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै गण्डकीको नवलपुरमा ८ दशमलव ६ मिलिमिटर वर्षा…