मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासले बन्धक बनाएका थप चारजनाको मृत्यु भएको पुष्टि

हमासले बन्धक बनाएका थप चारजनाको मृत्यु भएको पुष्टि

न्यूजस्टोरी

काठमाडौं । इजरायली सेनाले हमासले अपहरण गरेका थप चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

दक्षिणी गाजाको खान युनिसमा इजरायली कारबाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूसँगै रहेको इजरायल डिफेन्स फोर्सेज ९आईडीएफ० ले जनाएको छ । मृत्युको पुष्टि भएकामा बेलायती–इजरायली ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका पुरुष हुन् । आईडीएफले इसबारे उनीहरुको परिवारलाई जानकारी गराएको जनाइएको बीबीसीले उल्लेख गरेको छ ।

उक्त जानकारी गुप्तचर निकाय, स्वास्थ्य मन्त्रालयको विज्ञ समिति र रिलिजियस सर्भिससम्बन्धी मन्त्रालय र इजरायलका चिफ रबीको माध्यमबाट पुष्टि भएको जनाइएको छ । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि अरूसँगै ती चारजनालाई पनि बन्धक बनाइएको थियो ।