काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरमा उक्त अभ्यास गरेको हो । दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासमध्ये एयरक्राफ्ट एक्सिडेन्ट…