काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजे बैठक सुरु हुनेछ ।
बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । त्यस्तै, डा. अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अजयकुमार चौरसियाले शहरी विकास मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । राजेन्द्रकुमार के।सी।ले रक्षा मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । सुरेन्द्रराज आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । जीवन परियारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । आज शहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला शिर्षकको बजेटमाथि छलफल हुनेछ ।


प्रतिक्रिया