धनकुटा । मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना भएको छ। प्रदेश नं १-०२-००२ ख २६१ नम्बर बस ठेलेर स्टार्ट गर्ने क्रममा धनकुटा छथरजोरपाटी गाउँपालिका-६ स्थित कोशी लोक मार्गमा दुर्घटनामा परेको हो। बसमा २५ जना यात्रु थिए। दुर्घटनामा संखुवासभा चैनपुर नगरपालिका- १० खराङ बस्सेका ७१ वर्षीय भल बहादुर कटुवाल घाइते भएका छन्। उनको स्थानीय क्लिनिकमा…