मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूजस्टोरी

काठमाडौं, ३० भाद्र । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरी चल्ने सम्भावना छ ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेश एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती ठाउँमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।