मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रध्वजा ठड्याएसँगै काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजबाट शुरू

इन्द्रध्वजा ठड्याएसँगै काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजबाट शुरू

न्यूजस्टोरी

काठमाडौं, ३० भाद्र । काठमाण्डौको वसन्तपुरमा आज बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो ।

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ ।

कुमारी इन्द्रजात्राको अवसरमा पर्सि असोज १ गते काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा रहेको छ । आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्छन् ।

आज बेलुका यो वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने गर्दछन् ।