मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बटौलीको खास, जेरीमा मास

बटौलीको खास, जेरीमा मास

न्यूजस्टोरी

काठमाडौं । बुटवलको पुरानो बजार बटौलीमा सय वर्ष भन्दा अघिको जेरी पसल अझै छ । सय वर्षदेखी पुरानो बटौली बजारको कदम चोकमा रहेको जेरी पसलमा अहिले पनि निकै टाढा टाढाबाट जेरी खान आउने हरुको लर्कोनै लाग्ने गरेको छ । एक सय बर्ष पहिलेको र अहिलेको स्वाद र गुणस्तर उस्तै भएकोले पनि जेरी पसलमा नजिकका मात्रै होइन टाढा टाढाका जेरी पारखी समेत जेरीको स्वाद लिन आउने गरेका छन् ।

विक्रम संवत् १९७५ मा पुरानो बटौली बजारमा हजुरबुवा सीताराम हलवाईले थालनी गरेको ब्यापार ब्यावसाय अहिले उनका नाति किरणप्रसाद हलवाईले हाँकिरहेका छन् । आफ्नै घरमा खोलेको जेरी पसलले अहिले उनलाई दैनिक दश हजार सम्मको आम्दानी दिइरहेको हलवाइ बताउँछन् । आफ्ना १४ जनाको परिवारलाई लालन पालन मात्रै होइन शिक्षा, स्वास्थ्य र रोजगारीको समेत ग्यारेन्टी पसलले नै गरेको किरण प्रसाद हलवाईका भनाइ छ । हलवाइले जेरी पसलसँगै क्याटरिङ समेत चलाउँदै आएको बताउँछन् । जसले उनको परिवार अझै ब्यावसायिक र समृद्ध बन्नका लागि मद्दत गरेको छ । जेरी पसलले स्थानीय रुपमा राम्रो ब्यापार गरेको पसलमा आएका एक ग्राहक बताउँछन् ।

मासको जेरीमा स्वाद लिन पाउँदा निकै आनन्द आएको बताउँछन् जेरी पसलमाजेरी खाँदै गरेका ग्राहक रोशन रखाल । आइएमइ लिमिटेड काठमाडौबाट कामका्े सिलसिलामा बुटवल पुगेका उनि पुरानो बुटवलको जुलेवीको कथा आफ्नै हजुरबुवाको मुख बाट सानैमा सुन्ने गरेको स्मरण गर्छन । त्यसैले यहाँको जेरी खान आजपनि केहि साथीसँग यहाँ आएको उनको भनाइ छ ।

काठमाडौमा पाइने जेरीमा मौलिकता हराउँदै गएको र जेरी ब्यवसायिक प्रयोजनले मात्रै बन्नाले जेरीको मौलीक स्वादबाट आम उपभोक्ता बञ्चित हुने गरेको जीएमइ रेमिट काठमाडौंबाट बुटवल पुगेका अर्का ग्राहक शिव पाण्डे बताउँछन् । बुटवलको मौलिकतामा रमाउने हरेक युवाको पहिलो रोजाइ यहाँको जेरी भएकाले यहाँ आएर जेरी खाने गरेको पनि पाण्डेको भनाइ छ । त्यस्तै, कामको सिलसिलामा बुटवल बाहिर रहेपनि बुटवल आएको बेला यहाँको जेरी सँधै खान आउने गरेको आइएमइ लिमिटेडमा काम गर्ने अर्का सुवास सुवेदीको भनाइ छ । उनि भन्छन्, बुटवलमा जेरी पसल धेरै छन् तर, यहाँको जेरी अन्यत्रको भन्दा निकै मिठो हुन्छ। बागलङबाट बसाइसरेर बुटवल पुगेका सुवेदी पनि जाडो याममा यहाँको जेरी खानुको मज्जानै बेग्लै भएको बताउँछन् । आज हरेक ब्यक्ति रोजगारीको सिलसिलामा आफ्ना पाखा बारिमा बुकि फुलाएर मरभूमिमा फूल फूलाउन ब्यस्त छन् । रोजगारी सिर्जनामा राज्यको ध्यान पुग्न नसक्दा आज हरेक युवा खाडीको चर्को घाममा पसिना बगाउन बाध्य छन् । त्यहि पसिना यहि माटोमा सिंचिन सकियो भने पक्कै पनि देश बन्न समय लाग्ने छैन ।

बुटवलका हलवाइले जस्तै आफ्नो सिप र क्षमतालाई यहि माटोमा देखाउन सकियो भने पक्कै पनि बिदेशमा पसिना बगाउनु पर्ने छैन । हलवाइृको यो कर्म साँच्चै आम नेपालीका लागि गतिलो पाठ बन्न सक्छ । हरेक पुस्ताको रोजाइ बन्न पुगेको कदम चोकको यो जेरी पसलको बिशेषता भनेकै जेरीमा मास राखेर बनाउनु हो ।

जेरीमा मास राख्नु ब्यापारिक हिसावले भन्दा पनि स्वास्थ्यका हिसावले कयौं गुना फाइदाजनक रहेको हलवाईको भनाइ छ । जेरी व्यापारबाट उनको परिवारले राम्रो आन्दानी गरेको छ । देशमा रोजगारी छैन भन्दै बिदेशीने लहड चलिरहको अवस्थामा सय वर्षदेखि चलिरहेको यो जेरी पसलले नेपालमै पनि कयौ सम्भावनाहरु अझै जिवितै छन् भन्ने कुराको प्रमाण पेस गरेको छ ।