शेखर छत्कुली
वीरगंञ्ज, १० मंसिर । सशस्त्र प्रहरी १३ नम्वर गण पर्साले पराल भित्र लुकाएर राखेको अवस्थामा २ सय किलो भन्दा बढी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले जिल्ला पर्सा विन्दवासिनी गा।पा। वडा नं. ५ बटसौरा स्थित गाउँ वाहिर तस्करहरुले पराल भित्र लुकाएर राखेको २ सय १३ किलो लागु औषध गाजा नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको नं १३ गण बिरगंजबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले गाउँ भन्दा वाहिर खेतको छेउमा किसानले राखेको पराल भित्र लुकाई छिपाई राखेको २ सय १३ किलो गाँजा २० वटा पोकामा प्याक गरिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं। १३ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले जमाएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल १३ नं. गण हेडक्वार्टर पर्साले सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसार–पसारमा कडा निगरानी राख्दै इन्टेलिजेन्स लेड अपरेशन तीब्र रूपमा संचालन गर्दै आईरहेको सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले बताए सोही क्रममा उक्त गणका गणपति सप्रउ पुरन चन्द्र भट्टले लागुऔषध दुव्र्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरू पार्ने यथार्थलाई मध्यनजर गर्दै लागुऔषध नियन्त्रण तथा निस्तेज गर्ने कार्यलाई अभियानकै रूपमा संचालन गर्ने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निर्देशन अनुरूप पर्सा जिल्लामा प्रभावकारी रूपमा लागुऔषध नियन्त्रण गर्ने कार्यलाई तिब्रता दिदै आएको बताए ।


प्रतिक्रिया