शेखर छत्कुली
वीरगञ्ज, ८ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १५ लाख रकम सहित एक जनालाइ नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीले उक्त रुपैयाँ सहित एक जनालाई आईतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पकहाँमैनपुर–१, धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित आइतबार उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जनाएकाछन ।

उक्त स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा जिल्ला पर्सा पकहाँमैनपुर गाउँपालिका–१ बस्ने बर्ष ३४ का अवदेश पटेल रहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पाठकले जनाएकाछन ।
पर्सा प्रहरीले जनाएको अनुसार बी आर २२ ए एफ ४१२६ नम्बरको मोटरसाइकलमा पटेल भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँ बरामद गरेको हो ।
बिषेश चेकजाँचका क्रममा उक्त नगद फेला पारी मोटरसाइकल चालक पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उक्त स्रोत नखुलेको रकम सहित पक्राउ परेका पटेललाई फौजदारी मुद्दा को दफा १ सय २५ को क अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया