मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिउने पानीमा छुटपाएपछि खुसी भएका रत्ननगरका स्थानीय

पिउने पानीमा छुटपाएपछि खुसी भएका रत्ननगरका स्थानीय

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ५ मंसिर । निकै लामो छलफल पछि रत्ननगर नगरपालिकाले खानेपानीको महशुल घटाएको छ ।
रत्ननगर नगारपालिका र खानेपानीसँस्था बीचको छलफल पश्चात खानेपानीको महशुल घटाउने कुरामा सहमती जुटेको हो । खानेपानीको प्रत्येक महशुलमा ८० रुपौयाँ छुटका साथै एकहजार लिटर सम्मको पानीको सुविधालाई निशुल्क गरिएको छ ।

खानेपानीको छुटपश्चात बोल्दै रत्ननगर नगरपालिका वडा नं १ का अध्यक्ष कुलप्रसाद सापकोटाले स्थानीयको आधारभूत आवश्यक्ताका विषयमा आँफूले संधै कुरा उठाउँने गरेको बताउनुभयो । खानेपानीको महशुल छुटले पनि स्थानीय वासिन्दामा स्थानी सरकारको अनुभूती गराउन सकिने सापकोटाको भनाइ छ ।

एक फरक प्रसंगमा कुरा गर्दै अध्यक्ष सापकोटाले स्थानीयबाट रत्तनगरमै नहरको सिंचाइको सरकारी जग्गा मिचिएको भन्दै उक्त जग्गाको विषयमा समेत वडाले कडा कदम चाल्ने समेत बताउनुभयो । कार्यक्रममा खानेपानीको महशुल छुलको विषयलाई लिएर स्थानीयमा निकै खुसीको माहोल बनेको थियो ।