मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योगमा काटिएको बिजुली जोड्नेबारे प्राधिकरणको बैठक निष्कर्षविहीन

उद्योगमा काटिएको बिजुली जोड्नेबारे प्राधिकरणको बैठक निष्कर्षविहीन

न्यूजस्टोरी

काठमाण्डौ । उद्योगमा काटिएको बिजुली जोड्नेबारे हिजो बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको वैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद तथा उद्योगमा काटिएको बिजुलीबारे सञ्चालक समितिले छलफल गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्राधिकरणको बैठक बसे पनि सञ्चालकहरूबीच सहमति जुट्न नसकेको हो । गएको शुक्रवार प्रधानमन्त्री ओलीले तत्काल बिजुली जोड्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । तर, प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने र त्यसका लागि लिखित आउनुपर्ने अडान राखेको थियो ।

अस्ति आइतवार विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताहित संरक्षणसम्बन्धी निर्देशिका, ०८० को दफा १३ को उपदफा १ र १० का आधारमा बिजुली जोड्न भन्दै प्राधिकरणलाई पत्र काटेको थियो । प्राधिकरणले ०७२ माघदेखि ०७५ वैशाखसम्मको साढे ६ अर्ब बक्यौता उठाउन गएको असार २५ यता ६ वटा उद्योगको विजुली काटेको छ ।

प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ, हुलास स्टिल, जगदम्बा सिन्थेटिक, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टको बिजुली काटेको हो ।