मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिनिज बुकमा दर्ता भयो शाहरुखको ‘सिग्नेचर पोज

गिनिज बुकमा दर्ता भयो शाहरुखको ‘सिग्नेचर पोज

न्यूजस्टोरी

एजेन्सी । दुवै हात फैलाएर आलिङ्गनका लागि आह्वान गर्नु बलिउड स्टार शाहरुख खानको सिग्नेचर पोज हो। दर्शकसामु यो पोज उनको पहिचान हो।शाहरुखका फ्यानहरू पनि यो पोजमा उत्तिकै अपनत्व महसुस गर्छन्। र, शनिबार यस्तै एक घटना भयो, जुन घटनापछि शाहरुखको उक्त पोज गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ता भएको छ।शाहरुख शनिबार आफ्नो बंगला मन्नतको बालकनीमा आएका थिए। चर्को घाममा शाहरुखको बंगलाबाहिर हजारौं फ्यान जम्मा भएका थिए। यसै क्रममा अनौठो कीर्तिमान बन्यो।

१८ जुनमा शाहरुखको फिल्म पठानको वर्ल्ड टेलिभिजन प्रिमियर हुँदैछ। मन्नतबाहिर शाहरुखलाई पर्खिबसेका थिए करिब ३ सय फ्यान। च्यानलको लोगोसहितको टी—शर्ट लगाएका उनीहरूले शाहरुखलाई देख्नेबित्तिकै उनको सिग्नेचर पोज बनाए।फ्यानहरूको यो इशाराले रेकर्डको रूप लियो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ।